Saturday May 18, 2024
BS 2081 Jestha 5
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

एमाले महासचिवको चेतावनी- पुनः मतदानमा गए दोस्रो चरणमा धेरै ठाउँमा भरतपुर काण्ड दोहोरिनेछ

May 30, 2017 under National 834

30

 

चितवन । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले भरतपुर महानगरपालिकामा पुनः मतदान गरिए अब दोस्रो चरण र त्यसपछिका चुनावमा मतपत्र च्यात्ने र नष्ट गर्ने घटनाहरु धेरै हुन सक्ने चेतावनी दिएका छन् ।

प्रेस चौतारी चितवनले मंगलवार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले मतपत्र च्यात्ने माओवादी कार्यकर्तालाई दण्डित गरी मतगणनालाई सुचारु गर्नु बाहेक अरु विकल्प मान्य नहुने बताए ।

महासचिव पोखरेलले भने, ‘मतपत्र कसले च्यात्यो भनेर सुरक्षा निकायले भनिसकेको छ । अपराधी पक्राउ परिसकेका छन् । गुण्डाहरुले केही मतपत्र च्याते भन्ने आधारमा पुनः मतदानमा जाने हो भने निर्वाचन आयोगले दोस्रो चरणको चुनाव गराउन सक्दैन । मतपत्र च्यात्ने, पानी खन्याउने र नष्ट गर्ने प्रवृति प्रोत्साहित हुनेछ, यसमा आयोग सचेत हुनुपर्छ ।’

भरतपुरमा एमाले कार्यकर्ता र समर्थकलाई निराश हुन नदिन र त्यहाँको स्थलगत अवस्था बुझ्न महासचिव पोखरेल मंगलबार भरतपुर पुगेका हुन् । उनले त्यहाँ मतगणनामा संलग्न दलका कार्यकर्ता र सुरक्षा निकायसँग पनि यथार्थ जानकारी लिएको बताए ।

उनले च्यातिएका केही मतपत्रलाई सिलबन्दी गर्ने र गणना गर्न मिल्ने मतपत्रलाई गणना गर्नुपर्ने बताए । पोखरेलले भने, ‘यदि पुनः निर्वाचन गराउने उद्देश्यले नियोजित रुपमा च्यातिएका केही मतपत्रका आधारमा पुनः मतदानमा जाने हो भने दोस्रो चरणमा धेरै ठाउँमा भरतपुर काण्ड दाहोरिनेछन् । निर्वाचन आयोग यसमा गम्भीर बनोस् ।’

No news.
Australian Dollar to Nepalese Rs